• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

दाङमा यात्रुबहाक बस दुर्घटना, नौ महिने एक शिशुको मृत्यु



तुलसीपुर । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ । आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलमका नानु नामका नाबालको  मत्यु भएको हो । 

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सख्त घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अन्य नौ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । घाइते हुनेहरूमा वीरगञ्ज उपमहानगरपालिका– १६ निवासी  ३५ वर्षीय रतन शाही, रौतहट पूर्वाह गाउँपालिका ६ निवासी ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहार निवासी ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत छिन्चु नगरपालिका–९ निवासी १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् ।

 त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका– १ निवासीे ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका– १८ निवासी ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका ७ निवासी ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ निवासी ५२ वर्षीय गोरख रावत सामान्य घाइते भएका थिए । घाइते सबैको लमही अस्पतालमा उपचारपछि घर  गइसकेको प्रहरीले बताएको छ । बसमा २० यात्रु सवार थिए । बस अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।