१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा यात्रुबहाक बस दुर्घटना, नौ महिने एक शिशुको मृत्यु



अ+ अ-

तुलसीपुर । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ । आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलमका नानु नामका नाबालको  मत्यु भएको हो । 

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सख्त घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अन्य नौ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । घाइते हुनेहरूमा वीरगञ्ज उपमहानगरपालिका– १६ निवासी  ३५ वर्षीय रतन शाही, रौतहट पूर्वाह गाउँपालिका ६ निवासी ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहार निवासी ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत छिन्चु नगरपालिका–९ निवासी १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् ।

 त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका– १ निवासीे ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका– १८ निवासी ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका ७ निवासी ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ निवासी ५२ वर्षीय गोरख रावत सामान्य घाइते भएका थिए । घाइते सबैको लमही अस्पतालमा उपचारपछि घर  गइसकेको प्रहरीले बताएको छ । बसमा २० यात्रु सवार थिए । बस अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।