२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली प्रचण्डबिचको छलफल सकियो, बिहिबार पनि छलफल हुने



अ+ अ-

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दुई अध्यक्ष बीच आज करिब तीन घण्टा भएको छलफल टुङ्गोमा नपुगेपछि बिहिबार पुन छलफल हुने भएको छ । 

पार्टीमा देखिएको विवाद समाधानका लागि उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो। भेटको क्रममा केके विषयमा छलफल भयो भन्ने विषयमा केही खुलाइएको छैन । 

 दुई अध्यक्षको कुराकानी सौहार्दपूर्ण वातावरणमा भए पनि निचोड निस्कन बाँकी रहेको र भाेली पनि छलपफल हुने नेकपा महासचिव विष्णु पौडेलले न्यूजपोलारलाई बताउनु भयाे । उहाले भन्नुभयो पार्टीको आन्तरिक जीबनमा देखिएका समस्याका लागि दुई शिर्ष नेताहरु गम्भिर हुनुहुन्छ , पार्टी एकतालाई  कायम राख्दै जनता र राष्ट्रले दिएको अभिभारा पुरा गर्न दुबै नेता दृढ हुनुहन्छ यसैको सेरोफेरोमा सकारात्मक रुपमा कुराकानी भएको छ र भोली पनि छलफल हुन्छ ।  1