४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश



अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको ईजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले २०७३ कार्तिक ६ देखी २०७४ मंसिर ४ सम्म सदस्य र २०७४ मंसिर ४ देखी २०७६ भदौ २१ सम्म सहसचिव भएर काम गरेकी थिईन् ।

उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको थियो । सरकारी वकिलले मंगलबार उनीविरुद्ध ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

सांसद राई वैशाख १३ मा पक्राउ परेकी थिईन् ।