२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृगौला रोगबाट पीडित शिक्षकलाई पूर्व खेलाडी दीपाको सहयोग



अ+ अ-

काठमाडौं । पूर्व बक्सिङ खेलाडी दीपा क्षेत्रीले मृगौला रोगबाट पीडित शिक्षक खुशबहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकी छन् ।

केहि वर्षयता मकाउमा कार्यरत दीपाले लालबजार निवासी थापालाई ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

थापालाई दीपाका भाइ रवि महर्जनले लालबजारस्थित उनकै निवासमा पुगेर रकम हस्तान्तरण गरे । 

श्री जनता उमाविमा कार्यरत ६६ वर्षीय थापाको दुवै मृगौला फेल भएको बताइएको छ ।