२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार अभियाेगमा पक्राउ



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बलात्कार अभियोगमा प्रक्राउ परेका छन्। 

एक महिलालाई  बलात्कार गरेको मौखिक उजुरीको आधारमा अधिकारीलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

एक महिलाले प्रहरीलाई टेलिफोनबाट उजुरी गरेपछि अधिकारीलाई नियन्त्रणमा लिईएको हो । बलत्कार प्रकरण बारे  प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ । 

बुधबार निवासमा बोलाएर अधिकारीले बलात्कार गरेको आरोप ती महिलाले  लगाएकी छिन् । पीडित भनिएकी महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।