२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान सरकारबाट  शिक्षण अस्पताललाई  दुई वटा सुविधासम्पन्न एम्बुलेन्स सहयोग



अ+ अ-

काठमाडौं । पाकिस्तान सरकारले महाराजगञ्जस्थित त्रिभुबन बिश्वबिद्यालय शिक्षण अस्पताललाई  दुई वटा सुविधासम्पन्न एम्बुलेन्स सहयोग स्बरुप उपलब्ध गराएको छ । पाकिस्तानी राजदूत डा मजहर जावेदले शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.रोहित कुमार पोख्रेललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

शिक्षण अस्पतालको ३८ औं वार्षिकोत्सवका अबसरमा पाकिस्तान सरकारले एम्बुलेन्स प्रदान गरेको हो । कार्यक्रममा पाकिस्तानी दूतावासमा कार्यरत कूटनीतिज्ञ र शिक्षण अस्पतालका विभिन्न संकायका प्रमुखहरुको समेत सहभागिता थियो । 

कार्यक्रममा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा।पोख्रेलले अस्पतालाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेकोमा धन्यवाद दिएका छन् । यी एम्बुलेन्सहरु काठमाडौं र आसपासका क्षेत्रका विरामीको सेवाका लागि प्रयोग हुने उनले बताए ।

पाकिस्तानी दूतावासले प्रदान गरेका एम्बुलेन्स बिरामीको सेवाका लागि मात्रै नभएर दुई देशबीचको राम्रो सम्बन्ध र माया भएको पनि उनको भनाई थियो ।
नेपाली फिजिसियन र सर्जनका लागि पाकिस्तानले दिएको अध्ययनको सुविधाको पनि उनले प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । 

कार्यक्रममा पाकिस्तानी राजदूत डा मजहर जावेदले नेपाल र पाकिस्तानबीच स्वास्थ्य क्षेत्रमा रहँदै आएको सहयोग आदानप्रदानको सराहना गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताए । 

उनले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।