२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार बढेको सुनको मुल्य आज घट्यो, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।  बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको जनाएको छ । 

महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।