१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुल्पिङकट्टी पहिरोबाट दुईको मृत्यु, तीन बेपत्ता



अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन् । बेपत्ता भएका चौरासी वर्षीया सोमसाङ शेर्पा, ४८ वर्षीया महिला र १२ वर्षीया छिरीङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृत्यु हुनेमा स्थानीयवासी ग्याल्जेन शेर्पाका श्रीमती र छोरी हुन् । उहाँकी आमा, बहिनी र छोरी बेपत्ता भएका हुन् । ग्याल्जेन भने काठमाडाँैमा बस्दै आएकाले बाँच्न सफल भएको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताउनुभयो ।

पहिराले एक घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ । आज बिहान पानी परिरहेको र ठाउँठाउँका बाटो बिग्रेकाले स्थानीय नारायणस्थानमा रहेको प्रहरीचौकीबाट घटनास्थलमा तीन घण्टा पैदल यात्रापछि प्रहरी पुगेको थियो । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ ।