१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीमा बेपत्ताको खोजीमा परिचालित डुंगा पल्टियो



अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार ¥याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ । 

बिहान चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । एक जना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको उद्धार जारी छ । 

शव फेला 

भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गए राति आएको पहिराले दुई घर पुरिएको घटनामा एक जनाको शव भेटिएको छ ।  प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ३५ वर्षीय साङ्बु शेर्पाको शव भेटिएको हो । गए राति आएको पहिराले दुई घरमध्ये एक पूर्ण तथा अर्को आंशिक क्षतिग्रस्त भएको छ । पूर्णरुपमा क्षति भएको घरका पाँच  महिलालार्ई पहिराले लगेको हो । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको छ ।