७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास गर्नुभएको छ ।

बुद्धजयन्तीको अवसरमा आज महान्यायाधिवक्ता बडालले उक्त भवनको शिलन्यास गर्दै सरकारी वकील कार्यालयको भवन निर्माण प्रारम्भ गर्नु महत्वपूर्ण उपलब्ध भएको बताउनुभयो ।

“पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ”, उहाँले भन्नुभयो, “कार्यालयको भवन निर्माणको समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न जरुरी छ ।”

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कार्यबोझ समेतको आधारमा आत्यवश्यक रहेको नयाँ भवन निर्माणले त्यस कार्यालयबाट सम्पादन हुने कार्यमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीले कार्यालयको भवन शिलान्यासको चरणसम्म पु¥याउन, जग्गा प्राप्ति, भवनको डिजाइन, डिपिआर तथा स्रोतको सुनिश्चितता गर्न सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण सरोकारवाला निकाय, पदाधिकारी तथा महान्यायाधिवक्ताको कार्यालयलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

करिब रु २६ करोडको लागतमा निर्माण प्रारम्भ गरिएकोमा उच्च सरकारी कार्यालय, पाटनको आधुनिक शैलीको साततले भवन निर्माण हुनेछ । कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश तथा रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्ष समेतको उपस्थिति रहेको थियो ।