१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त



अ+ अ-

येरभान । तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरु अजरबैजान र आर्मेनियाबीच सीमा क्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुबै देशका सैन्य अधिकारीहरुले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि गरेका छन् ।

दुबै देशबीच एक दशकभन्दा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । अजरबैजानमा पृथकतावादी आन्दोलन चलिरहेको नागोर्नी काराबाख क्षेत्रलाई लिएर दशकौंदेखि विवाद कायम छ ।
गत आइतबारदेखि भड्किएको भिडन्तका कारण दुबै तर्फ कम्तीमा १६ जनाको मृत्यु भएको छ । 

नागोर्नी काराबाख क्षेत्रलाई सन् १९९० को दशकमा भएको युद्धमा आर्मेनियाली पृथकतावादीलाई आफ्नो नियन्त्रणमा लिएका थिए । यस युद्धमा करिब ३० हजारको ज्यान गएको थियो । तर काराबाखको उत्तरी सीमाक्षेत्रमा भिडन्त शुरु भएको हो ।

अजरबैजानका सेनाले आर्मेनियाली गाउँहरुमा बम हमला गरेका आर्मेनियाका रक्षा मन्त्रालयकी प्रवक्ता सुशान स्टेपानयानले बिहीबार जानकारी दिनुभयो । उहाँले अजरबैजानले हमला जारी राखेको बताउनुभयो ।

आर्मेनियाको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गरी आर्मेनियाली सेनाले अजरबैजानका गाउँहरुमा ठुल्ठूला हतियारको प्रयोग गरी हमला गरिरहेको जनाएको छ । बुधबार केही मत्थर भएको भिडन्त पुनः बिहीबार शुरु भएको थियो ।

गत सातादेखि पुनः शुरु भएको भिडन्तले रणनीतिक महत्वको ककेसस क्षेत्रमा तनाबको स्थिति उत्पन्न भएको छ । संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र रसियाले दुबै पक्षलाई शान्ति कायम गर्न आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय मध्यस्थतामा दुई ककेसस मुलुकहरुबीचको शान्ति वार्ता भएपनि दुबै मुलुकबीच भूमि विवाद जारी छ । ऊर्जाको धनी राष्ट्र अजरबैजानले काराबाख क्षेत्रलाई सैन्यबलको प्रयोग गरी नियन्त्रण कायम गर्ने धम्की दिइरहेको छ । 

आर्मेनियाले भने कुनै पनि किसिमको सैन्य आक्रमणलाई परास्त गरिछाड्ने बताइरहेको छ ।