४ भाद्र २०८३, बिहीबार
,
Latest
खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः बार्सिलोनाले रियललाई हरायो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको ‘एल क्लासिको’ खेलमा बार्सिलोनाले रियल चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ४–३ गोलले हराएको हो ।

दुई गोलले पछि परेको बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको पहिलो हाफमा नै ६ गोल भएको थियो । रियलका किलियन एमबाप्पेले ह्याट्रिक गरेपनि टोलिको हार टार्न सकेनन् ।

खेलको पाँचौं मिनेटमा नै एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा उनले नै गोल थप्दै रियलको अग्रता दोब्बर पारे । तर, त्यसपछि बार्सिलोना खेलमा लयमा फर्कियो । १९ औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई १–२ को स्थितीमा ल्याए ।

बार्सिलोनाले १३ मिनेटको अन्तरालमा तीन गोल गर्यो । ३२ औं मिनेटमा लामिन यामलले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए भने ३४ औं र ४५ औं मिनेटमा राफिन्हाले गोल गरेपछि पहिलो हाफमै बार्सिलोनाले ४–२ ले अग्रता बनायो ।

यता, ७० औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरेपनि उनले टोलिको हार टार्न सकेनन् ।

यो जितसँगै बार्सिलोनाले सात अंकको अग्रता बनाएको छ । शीर्षस्थानको बार्सिलोनाको ३५ खेलबाट ८२ अंक छ भने रियलको ७५ अंक छ ।




भर्खरै