२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी कोषद्धारा बाढी–पहिरो प्रभावितहरुलाई राहत सामग्री वितरण



अ+ अ-

काठमाडौं । हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढी–पहिरोसहितका विपदका प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ ।

हिमानी शाह नेतृत्वको कोषले बिहीबार विशेष कार्यक्रम गरी सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामान वितरण गरेको हो ।   शाहले राहत सामग्री सम्बन्धी संस्था या समुदायका प्रतितिनिधलाई हस्तान्तरण गर्नुभयो । 
 
हिमानी कोषले छाउनीमा रहेको पञ्चकन्या स्कूलका विद्यार्थी, चितवनको चेपाङ्ग बस्ती, काठमाडौँका विभिन्न आश्रय गृहमा रहेका बालबालिकाका लागि खाद्यान्नसहितका सामग्री प्रदान गरेको हो ।

यस्तै कोषले डिस्इन्फेक्सन स्प्रे, पीपीई, वाटर फिल्टर, झुल, जीवनजल, साबुन, बालबालिकाका लागि लिटोसहितका सामग्री पनि बितरण गरेको छ । 
राहत वितरण कार्यक्रममा पूर्ब  अधिराजकुमारी प्रेरणा  शाह, शीतास्मा शाह, कोषकी सदस्य सचिव रेशमा राना, बोर्ड सदस्य डा। अपर्ना शाहसहितको उपस्थिति थियो ।

कार्यक्रममा  हिमानी शाहले सरकारले मानसिक स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो  । उहाले कुनै पनि प्रकारको मनोसामाजिक समस्यादेखिएमा मनोविमर्शकर्ताको सहयोग लिन नहिचकिचाउन आग्रह गर्दे पछिल्लो समय देशभर आत्महत्याका घटनाहरु बढेको सुनिएको भन्दै उनले मनोसामाजिक स्वास्थ्यलाई ख्याल गर्नु पर्नेमा जोड दिनुभयो ।