२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १६७ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । बिहीबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) का १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ सय ६७ जना नयाँ संक्रमित थपिँदा २ सय १३ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । बिहीबारसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । 

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९ सय १५ र बागमती प्रदेशमा ४ सय २८ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय ८५, प्रदेश नम्बर ५ मा ४ सय ५८ कर्णाली प्रदेशमा ३ सय १९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत रहेका छन् । 

बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशाला मार्फत ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २३ हजार ५ सय जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।