चितवन । नेकपा (एमाले) चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
जिल्ला अध्यक्ष पार्वती रावल एवं सचिव प्रकाश खनाल ‘शैलेस’ले विज्ञप्ति जारी गर्दै अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित भएको जनाएका हुन् ।
सीसीएमसीले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ ।
चितवन एमालेमा नेतृत्वका लागि ४ जना आकांक्षी छन् ।












