२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एक लाख ७९ हजार नयाँ सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा सोमबार एक लाख ७९ हजार ७२३ मा कोभिड–१९ सङ्क्रमण भएको छ । यो सँगै भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या सात लाख २३ हजार ६१९ पुगेको छ । भारतमा अघिल्लो दिनको तुलनामा सोमबार १३.२९ प्रतिशतले कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ १४६ जनाको मृत्यु भएको छ ।

यस बीचमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका चार हजार ३३ केस देखिएका छन् र सबैभन्दा धेरै महाराष्ट्रमा एक हजार २१६ मा ओमिक्रोन सङ्क्रमण भएको छ । 

भारतले सोमबारदेखि स्वास्थ्यकर्मी र फ्रन्टलाइन कामदार र ६० वर्ष उमेर पार गरेकालाई तेस्रो ‘सावधानी डोज’ खोप दिन थालेको छ । केन्द्रको निर्देशनअनुसार तेस्रो डोज पहिलो दुईवटा खोपको जस्तै हुनेछ र नौ महिनाअघि खोप लगाएकाहरूलाई दिइनेछ।

इन्डियन एक्सप्रेसका अनुसार महामारीको तेस्रो लहर भारतमा मार्च महिनाको मध्यसम्ममा कम हुने सम्भावना रहेको कानपुरका प्रोफेसर मनिन्द्र अग्रवाललले बताएका छन्