
काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत आज प्रतिक्षित खेल हुँदैछ ।
अंकतालिकामा शीर्ष स्थानमा रहेको टोलि र दोस्रो स्थानमा रहेको टोलिबीचको भिडन्त मात्रै नभई यो खेल दुई प्रतिष्ठित र सफल क्लबबीचको भिडन्त हो ।
बार्सिलोना र रियल मड्रिडबीचको भिडन्तलाई ‘एल क्लासिको’ भनिन्छ । नेपाली समयानुसार राति ८ बजे यी दुई टोलिबीच प्रतिस्पर्धा हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।
यसअघि अक्टोबर २७ मा भएको खेलमा बार्सिलोनाले रियललाई उसकै घरेलु मैदानमा ४–० गोलले हराएको थियो ।
अंकतालिकामा शीर्षस्थानमा रहेको बार्सिलोनाको ३४ खेलबाट ७९ अंक छ । यस्तै, दोस्रो स्थानमा रहेको रियलको ७५ अंक छ ।
आज बार्सिलोनाले जितेमा उसले अंकदुरी बढाउनेछ भने रियलले घटाउने छ । सिजनको अन्तिमतिर आइसक्दा दुबै टोलिलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ ।