८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल स्थगित भएपछि आरसीबीका को–को खेलाडी फर्किए स्वदेश ?



अ+ अ-

एजेन्सी । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण शुक्रबार आईपीएल एक हप्ताको लागि स्थगित गरिएको थियो । त्यसपछि अधिकांश विदेशी खेलाडीहरू आफ्नो देश फर्किए ।

खेलाडीहरूको सुरक्षा सुनिश्चित गर्न पाकिस्तानबाट भएको हवाई आक्रमणका कारण बिहीबार दिल्ली क्यापिटल्स विरुद्ध पञ्जाब किंग्सको खेल बीचैमा रद्द गरिएको थियो । यसपछि, भोलिपल्ट शुक्रबार, एक हप्ताको लागि आईपीएल रद्द गर्ने निर्णय गरियो ।

आईपीएल रद्द भएसँगै विदेशी खेलाडीहरू आ–आफ्नो देश फर्कन थाले । जसमध्ये आरसीबीका टिम डेभिड, लियाम लिभिङस्टोन, ज्याकब बेथेल, रोमारियो शेफर्ड, फिल साल्ट, जोश हेजलवुड, लुंगी एनगिडी र नुवान थुसारा छन्, जो भारत छोडेर आफ्नो देश फर्किएका छन् ।

चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आईपीएल २०२५ बाट बाहिरिएका छन् । यसैबीच, बाँकी सात टोलीहरू बीच प्लेअफ दौड अझै जारी छ । अहिलेसम्म कुनै पनि टोलीले प्लेअफमा स्थान सुरक्षित गर्न सकेका छैनन् ।