• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

भारतमा एक लाख ७९ हजार नयाँ सङ्क्रमित



नयाँ दिल्ली । भारतमा सोमबार एक लाख ७९ हजार ७२३ मा कोभिड–१९ सङ्क्रमण भएको छ । यो सँगै भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या सात लाख २३ हजार ६१९ पुगेको छ । भारतमा अघिल्लो दिनको तुलनामा सोमबार १३.२९ प्रतिशतले कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ १४६ जनाको मृत्यु भएको छ ।

यस बीचमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका चार हजार ३३ केस देखिएका छन् र सबैभन्दा धेरै महाराष्ट्रमा एक हजार २१६ मा ओमिक्रोन सङ्क्रमण भएको छ । 

भारतले सोमबारदेखि स्वास्थ्यकर्मी र फ्रन्टलाइन कामदार र ६० वर्ष उमेर पार गरेकालाई तेस्रो ‘सावधानी डोज’ खोप दिन थालेको छ । केन्द्रको निर्देशनअनुसार तेस्रो डोज पहिलो दुईवटा खोपको जस्तै हुनेछ र नौ महिनाअघि खोप लगाएकाहरूलाई दिइनेछ।

इन्डियन एक्सप्रेसका अनुसार महामारीको तेस्रो लहर भारतमा मार्च महिनाको मध्यसम्ममा कम हुने सम्भावना रहेको कानपुरका प्रोफेसर मनिन्द्र अग्रवाललले बताएका छन्