१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीनः रास्वपा

सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीनः रास्वपा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राजनीतिप्रति बढ्दो वितृष्णा सम्बोधन नगर्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा अगामी आिर्थक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै प्रमुख सचेतक परियारले यस्तो टिप्पणी गर्नुभएको हो ।

नीति तथा कार्यक्रम आम नागरिकमा देखिएको राजनीतिप्रतिको वितृष्णा हटाउने गरी नआएको उहाँको भनाइ छ । उहाँले १५५ बुँदामा आधारित कार्यक्रमले जनतालाई लोकतान्त्रिक प्रणालीप्रति प्रतिवद्ध बनाउने कुनै स्पष्ट दिशानिर्देश नदिएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिज्ञप्रति जनतामा वितृष्णा बड्नु सामान्य भएपनि राजनीतिप्रति वितृष्णा बढ्दा व्यवस्थामाथि गम्भिर खतरा हुने धारणा राख्नुभयो । संविधान कार्यान्वयनका लागि नीति तथा कार्यक्रम निर्णायक माध्यम हुनुपर्ने धारणा राख्दै प्रमुख सचेतक परियारले आगामी बजेटलाई जनताका मौलिक अधिकार कार्यान्वयन गर्ने बलियो हतियारका रूपमा प्रयोग गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रममा मात्रात्मक विकासबाट गुणात्मक विकासमा फड्को मार्ने कुनैपनि नीति तथा कार्यक्रम आएन । १५५ बुँदामा आएको यो नीति तथा कार्यक्रमले हामीले परिवर्तन गरेको राजनीतिक व्यवस्थाप्रति जनतालाई प्रतिवद्ध बनाउन सक्नुपथ्र्यो । हामी सबैलाई चिन्ता छ सम्माननीय सभामुख महोदय अहिले राजनीतिप्रति वितृष्णा छ । राजनीतिज्ञप्रति वितृष्णा हुनु खासै ठुलो कुरा होइन । तर राजनीतिप्रति नै वितृष्णा हुनु भनेको त्यो सधैं समाजका विरुद्ध हुन्छ । राजनीतिप्रति वितृष्णा हुनु खास ठूलो कुरा होइन तर राजनीति र व्यवस्थामाथि नै वितृष्णा हुनु भनेको खतरनाक हुन्छ । हामीले भौतिक विकास मात्र होइन समाजको विकास गर्नुपर्दछ । र लोकतान्त्रिक प्रणालीको पनि विकास गर्दै लैजानुपर्दछ । अर्कोतर्फबाट हामीले यो बजेटलाई संविधान कार्यान्वयन गर्ने एउटा बलियो हतियारको रुपमा पनि प्रयोग गर्नुपर्छ ।’

सरकारको नीति तथा कार्यक्रममा कुनैपनि नविन कार्यक्रम समावेश नभएको कारण आजको पुस्ताको प्रतिनिधित्व गर्न नसक्ने उहाँको जिकिर छ ।