२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

राष्ट्रपति भण्डारीले पृथ्वीनारायण र कालु पाण्डेको शालिकमा माल्यार्पण गर्ने

राष्ट्रपति भण्डारीले पृथ्वीनारायण र कालु पाण्डेको शालिकमा माल्यार्पण गर्ने
अ अ+ अ-

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अघिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने हुनु भएको छ ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले भोलि मंगलबार बिहान करिब ११ बजे सिंहदरबार अघिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु हुनेछ । राष्ट्रपति भण्डारीले यसअघि दुई वर्ष अघि पनि पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरी राष्ट्र निर्माताप्रति सम्मान व्यक्त गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीले भोलि नै दहचोकस्थित कालु पाण्डेको शालिकमा पनि माल्यार्पण एवं सम्मान गर्ने कार्यक्रम छ । कालु पाण्डे पृथ्वीनारायण शाहका सेना प्रमुख हुनुहुन्थ्यो । नेपाल एकीकरणमा पाण्डेको अतुलनीय योगदान रहेको छ ।

नेपाल सरकारले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा दिने वा नदिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा राष्ट्रपतिबाट पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्नुलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

यस वर्ष ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पनि हो ।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न नेपाली सेना सहित विभिन्न सामाजिक संघसंस्थाले भोलि बाजागाजा सहित सांस्कृतिक झाँकी प्रस्तुत गर्ने तयारी गरेका छन् । कतिपय दलले यस दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाउने गरेका छन् ।

यसै अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाह समेत पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न भोलि करिब १२.३० बजे सिंहदरबार अघि आउनु हुनेछ । उहाँ पहिलो पटक सिंहदरबार अघि पृथ्वीको शालिकमा माल्यार्पणका लागि आउन लाग्नु भएको हो ।

रविन्द्र मिश्रको अध्यक्षतामा रहेको विवेकशिल साझा पार्टीले पनि तीन बुँदे माग यसअघि नै राखेर राष्ट्रनिर्माताप्रति उच्च सम्मान गर्न आग्रह गरेको थियो । ती मागहरुमा राष्ट्रिय एकता दिवसलाई नेपाल दिवसका रुपमा मनाउनुपर्ने, राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिनुपर्ने तथा नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्ने रहेका छन् ।

अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पृथ्वीजयन्तीका दिन सार्वजनिक विदा दिन प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र यसअघि नै बुझाइसकेको छ ।

देशका विभिन्न स्थानीय निकायहरुले पनि स्थानीय तहमा सार्वजनिक विदा दिएर पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरिरहेका छन् ।

तर नेपाल सरकारले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई औपचारिक रुपमा मनाउने वा नमनाउने भन्नेमा स्पष्ट हुन सकेको छैन । सत्ता साझेदार दलहरु र प्रमुख प्रतिपक्षी दलका कैयौं नेता तथा कार्यकर्ताले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन कुरा उठाइरहे पनि नेतृत्व तहले यसलाई स्वीकार गरिसकेको छैन ।