३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञबाट चार करोड ७४ लाख सङ्कलन



अ+ अ-

कैलाली। मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ-२०८१’ बाट रु चार करोड ७४ लाख ३० हजार चार सय ३५ सङ्कलन गरेको छ ।

आश्रमको कैलाली शाखाले गत वर्ष २०८१ माघ २३ देखि ३० गतेसम्म धनगढीमा आयोजना गरेको महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो ।आश्रमले आज धनगढीमा आयव्यय विवरण सार्वजनिक गरेको हो । महायज्ञमा  नगद, क्युआर तथा अनलाइन माध्यम र चेकबाट गरी रु ८१ लाख ८१ हजार नौ सय ७८ सङ्कलन भएको र बाँकी रकमको प्रतिबद्धता रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी निकायबाट रु २७ लाख ८१ हजार एक सय १२, संस्थागत रु दुई करोड ४८ लाख ९९ हजार पाँच सय ८४ र व्यक्तिगत रु एक करोड १३ लाख २६ हजार पाँच ७४ प्रतिबद्धता रकम भएको छ ।

प्रतिबद्धता गरिएको रकममध्ये हालसम्म रु १४ लाख ८२ हजार ४६ प्राप्त भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, महायज्ञमा रु एक लाख ४४ हजार दुई सय ५० दान पेटिकामा दान प्राप्त भएको, रु ८३ हजार दुई सय ५२ गोप्यदान र १३ हजार छ सय ७५ बराबरको जिन्सी दान प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न रु ४९ लाख ६८ हजार आठ सय ६५ खर्च भएको कुँवरले जानकारी दिनुभयो । मानवसेवा आश्रमको धनगढी उपमहानगरपालिका–१५ उर्मीमा दुई बिघा जग्गामा निर्माण सुरु गरिएकोे सुदूरपश्चिम प्रदेशस्तरीय भवन निर्माण सम्पन्न गर्न सहयोगार्थ महायज्ञको आयोजना गरिएको जनाइएको छ ।

उक्त भवन निर्माण भएपछि सुदूरपश्चिमका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । विसं २०७५ मङ्सिर १ गतेबाट धनगढी उपहानगरपालिका-५ तारानगरमा घर भाडामा लिई मानवसेवा आश्रम कैलाली शाखाले सेवा शुभारम्भ गरेको जनाइएको छ । रासस