१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू (भिडियो सहित)

राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । 

आयोगले पुस २६ गते (सोमवार) बाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरु र सबै राज्यका निकायहरुलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू हुने बताउनु भयो । उहाँकाअनुसार निर्वाचन आयोगले आफ्नो कानूनि दायित्व निर्वाह गर्नको लागि पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्ने हुन्छ ।  सहसचिव धमलाले यससँग सम्बन्धित संघसंस्थाका कर्मचारीहरुलाई विदेश भ्रमण जान भने आयोगको पूर्व सहमति लिनुपर्ने बताउनु भयो । सम्बन्धित उम्मेदवारदेखि, राजनीतिक दल, अन्य संघसंस्थाहरुलाई आचारसंहिता अध्ययन गर्न र आचारसंहिताले हुँदैन भनेका काम नगर्न पनि उहाँले अपील गर्नुभयो ।

सहसचिव धमलाले भन्नुभयो, ‘आचारसंहिता भनेको नै मैलेके गर्छु के गर्दिन भन्ने एक प्रकारको स्व घोषणा पनि हो । यो नैतिक हिसावले एउटा नैतिक बन्धन हो । सँगै निवौचनकै आचारसंहिता भनेको कानूनि दायित्व भएको विषय पनि हो । यो बीचमा आज २६ गतेबाट आचारसंहिता लागू भएको छ । यो निर्वाचन सम्पन्न नहुन्जेल लागू हुन्छ । यो निर्वाचन भनेको इलेक्टोरल कलेजबाट भोट हुने भएको कारणले आम मतदाताहरु सहभागी नहुने भएकोले यो सातै प्रदेशमा देशभर नै हुन्छ तर प्रतिनिधिहरुबाट मात्रै हुन्छ । भोटर्सहरु नै गाउँपालिका, नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष नगरपालिकाको पमुख, उपप्रमुख र प्रदेश सभाका मान्य सदस्यहरु मात्रै हुने भएकोले जति प्रतिनिधिसभाको वा स्थानीय तहको निर्वाचनमा आमरुपमा असर गर्छ, त्यत्ति धेरै असर यसले गर्दैन । भोलमको हिसावले पनि यो सानो भोलममा हुने निर्वाचन हो । तथापि निर्वाचन आयोगले आफ्नो कानूनि दायित्व निर्वाह गर्नको लागि पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्दछ, त्यसैले आचारसंहिता लागू गरेको हो । यो सबैलाई लागू हुन्छ । संघमा नेपाल सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरु सबै राज्यका अवयवहरुलाई यो आचारसंहिता लागू हुन्छ । त्यो भनेको सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत लागू हुन्छ । यसो भनिरहँदा सबै कुराहरु ठप्प हुने भन्ने होइन । के गर्दा निर्वाचनलाई प्रभाव पर्न सक्छ । निर्वाचनलाई प्रभाव पर्न सक्ने कुरा गर्नु हुँदैन । आफ्ना नियमित गतिविधिहरु सञ्चालन गर्नका लागि आचारसंहिताले रोकेको छैन । केजुलमा भएका तालिकाहरुलाई रोकेको हुँदैन । जस्तो विदेश भ्रमण रोकेको छ तर यसको अर्थ विदेश भ्रमण जाने टोटल प्रतिबन्ध होइन । संस्थालाई महत्वपूर्ण छ भने आयोगको पूर्व सहमति लिएर जान सक्छ । जातजाती, धर्म, भाषा, सम्प्रदायका आधारमा द्वेष, फैलाउने कामहरु गर्नु भएन । जुलुस ¥याली, सभा बैठक, सवारी साधन प्रयोग गर्ने कुरामा, प्रचारप्रसारका माध्यमहरुको उपयोग गर्ने कुरामा, निर्वाचन खर्च, मौन अवधि अपनाउने विषयको कुरामा, मतदानको दिन के गर्ने भन्ने कुरामा, यस्तो प्रकारले निर्वाचनको आचारसंहिता आयोगको वेबसाइटमा अपलोड गरेका छौँ । सम्बन्धित सबै सरोकारवालाहरुलाई उम्मेदवारदेखि, रजनीतिक दल, अन्य संघसंस्थाहरुलाई अध्ययन गर्न र आचारसंहिताले नगर भनेका कुरा नगर्न अपीलसमेत गर्दछु ।’

सहसचिव धमलाले कोरोनाले निर्वाचनका गतिविधिहरुलाई असर पारिरहे पनि कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डको पूर्ण पालना गराएर निर्वाचन गर्ने व्यवस्था मिलाएको बताउनु भयो ।