२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले बहराइनलाई ९ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित हात पारेको छ ।

वर्षाका कारण ५–५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेपालको जितमा कविता कुँवरले १८ तथा सम्झना खड्काले अविजित १८ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउदै ४१ रन बनायो । बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्बाधिक ३४ रन बनाएकी थिइन् ।

नेपाली बलर पुजा महतोले एक विकेट लिएकी थिइन् । अब नेपालले अर्को खेल मे १३ मा हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समूह सी मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समूह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

समुहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समूह विजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् ।