११ श्रावण २०८३, सोमबार
,
Latest
यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा प्राकृतिक सौन्दर्य र सास्कृतिक विवधता छ : मन्त्री पाण्डे



अ+ अ-

कञ्चनपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य र विविधतापूर्ण संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ ।

महेन्द्रनगरमा आज आयोजित ‘फारवेष्ट ट्राभल मिट’ को उद्घाटन गर्दै उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताउनुभएको हो । “यहाँ सानो ठाउँमा प्राकृतिक विविधता छ थोरै जनसङ्ख्यामा  धेरै सांस्कृतिक विविधता छ”, मन्त्री पाण्डेले भन्नुभयो, “विविधतापूर्ण संस्कृति र प्रकृतिलाई विश्व माझ पुर्‍याउन सके पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ ।

उहाँले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो । “अहिले हामीले एयरलाइन्सहरूसँग छलफल गरेर पोखराबाट सात वटै प्रदेशमा उडान भर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले यहाँको पर्यटन विकासमा टेवा पुग्छ ।

मन्त्री पाण्डेले भन्नुभयो, “यहाँको सांस्कृतिक र प्राकृतिक विविधताबाट लाभ लिन सके आर्थिक समृद्धि धेरै टाढा छैन ।” उहाँले अहिले पुँजीगत खर्चमा चाप बढेका कारण २० प्रतिशत बजेट घटेको बताउनुभयो ।

उहाँले नेपाल ऐयरलाइन्स बलियो नहुँदा नीति एयरलाइन्सहरूले मनोमानी भाडा लिने गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरू भएको फारवेष्टर्न ट्राभल मार्टमा नेपाल भारतका ट्राभल ऐजेन्टहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने उक्त मार्टमा  नेपाल–भारतका पर्यटन व्यवसायीबीच यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे छलफल हुनेछ । रासस