१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोरोनाको खतरनाक भेरियन्ट डेल्टा र ओमिक्रोनको मिलन, साइप्रसमा भेटियो ‘डेल्टाक्रोन’

कोरोनाको खतरनाक भेरियन्ट डेल्टा र ओमिक्रोनको मिलन, साइप्रसमा भेटियो ‘डेल्टाक्रोन’
अ अ+ अ-

निकोसिया । विश्वले अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रकोपको सामना गरिरहेको छ । डेल्टाले गत वर्ष मानिसहरूलाई दिएको घाउ निको हुन नपाउँदै तेस्रो संस्करण ओमिक्रोन आएको छ । साइप्रसका अन्वेषकहरूले ओमिक्रोन र डेल्टाको संयोजन जस्तो देखिने नयाँ भेरियन्ट पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसलाई ‘डेल्टाक्रोन’ नाम दिएका छन् । यो भेरियन्टहरूको संयोजनको सबैभन्दा पछिल्लो उदाहरण हो।

रिपोर्टहरूले साइप्रस विश्वविद्यालयको बायोटेक्नोलोजी र आणविक भाइरोलोजी प्रयोगशालाका प्रमुख तथा प्रोफेसर लियोनडियोस कोस्ट्रिकिसका अनुसार हाल डेल्टाक्रोनका २५ केस दर्ता भएका छन्। अनुसन्धानकर्ताहरुको टोलीका अनुसार कोरोना संक्रमित भेटिएपछि अस्पताल भर्ना भएका अधिकांशमा दोहोरो संक्रमण देखिएको छ । कोस्ट्रिकिसले एक स्थानीय टिभी च्यानललाई भने, “डेल्टा र ओमिक्रोन केसहरू हाल रिपोर्ट भइरहेका छन् र अब यसले नयाँ भेरियन्ट पाएको छ जुन दुबैको संयोजन हो।”

यो स्पष्ट छैन कि डेल्टाक्रोन अधिक सङ्क्रामक छ वा पुरानो संस्करणहरूमा यो हावी हुने सम्भावना कत्तिको छ भन्नेबारेमा स्पष्ट भएको छैन । कतिपयले यसलाई ‘डेलमिक्रोन’ पनि भनेका छन् । यसअघि एउटा रिपोर्टमा नयाँ भेरियन्टका विशेषताहरू पनि यसअघिका दुई फरक भेरियन्टमा देखिएकासँग मिल्दोजुल्दो रहेको बताइएको थियो । यद्यपि यस्ता भेरियन्टहरूलाई आधिकारिकरूपमा विश्व स्वास्थ्य सङ्गठन वा अन्य कुनै अन्तर्राष्ट्रिय निकायले अनुमोदन गरेका छैनन्।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टमा दिएको चेतावनी सत्य सावित भएको देखिन्छ । विश्वभर ओमिक्रोन भेरियन्टहरूको सुनामी आएको छ र ४६ देशमा रेकर्ड कोभिड मामिला देखिएका छन्। ठूलो सङ्ख्यामा मानिसले कोरोना भ्याक्सिन पाएका देशहरूमा पनि अस्पताल बिरामीले भरिभराउ छन् ।

बेलायती अखबार टेलिग्राफको तथ्याङ्कमा आधारित प्रतिवेदनअनुसार बलियो रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूले ओमिक्रोनका कारण कम गम्भीर रोगहरूको सामना गरिरहेका छन्। तर सङ्क्रमणको सङ्ख्या बढिरहेकाले विश्वको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने खतरा देखिएको छ । प्रतिवेदनमा विश्वव्यापी तथ्याङ्कका आधारमा विश्वका १९१ देशमध्ये ४६ मा १० लाख मानिसमा नयाँ कोरोना सङ्क्रमणको सङ्ख्या उच्च स्तरमा पुगेको बताइएको छ ।