२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

कोरोनाको खतरनाक भेरियन्ट डेल्टा र ओमिक्रोनको मिलन, साइप्रसमा भेटियो ‘डेल्टाक्रोन’

कोरोनाको खतरनाक भेरियन्ट डेल्टा र ओमिक्रोनको मिलन, साइप्रसमा भेटियो ‘डेल्टाक्रोन’
अ अ+ अ-

निकोसिया । विश्वले अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रकोपको सामना गरिरहेको छ । डेल्टाले गत वर्ष मानिसहरूलाई दिएको घाउ निको हुन नपाउँदै तेस्रो संस्करण ओमिक्रोन आएको छ । साइप्रसका अन्वेषकहरूले ओमिक्रोन र डेल्टाको संयोजन जस्तो देखिने नयाँ भेरियन्ट पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसलाई ‘डेल्टाक्रोन’ नाम दिएका छन् । यो भेरियन्टहरूको संयोजनको सबैभन्दा पछिल्लो उदाहरण हो।

रिपोर्टहरूले साइप्रस विश्वविद्यालयको बायोटेक्नोलोजी र आणविक भाइरोलोजी प्रयोगशालाका प्रमुख तथा प्रोफेसर लियोनडियोस कोस्ट्रिकिसका अनुसार हाल डेल्टाक्रोनका २५ केस दर्ता भएका छन्। अनुसन्धानकर्ताहरुको टोलीका अनुसार कोरोना संक्रमित भेटिएपछि अस्पताल भर्ना भएका अधिकांशमा दोहोरो संक्रमण देखिएको छ । कोस्ट्रिकिसले एक स्थानीय टिभी च्यानललाई भने, “डेल्टा र ओमिक्रोन केसहरू हाल रिपोर्ट भइरहेका छन् र अब यसले नयाँ भेरियन्ट पाएको छ जुन दुबैको संयोजन हो।”

यो स्पष्ट छैन कि डेल्टाक्रोन अधिक सङ्क्रामक छ वा पुरानो संस्करणहरूमा यो हावी हुने सम्भावना कत्तिको छ भन्नेबारेमा स्पष्ट भएको छैन । कतिपयले यसलाई ‘डेलमिक्रोन’ पनि भनेका छन् । यसअघि एउटा रिपोर्टमा नयाँ भेरियन्टका विशेषताहरू पनि यसअघिका दुई फरक भेरियन्टमा देखिएकासँग मिल्दोजुल्दो रहेको बताइएको थियो । यद्यपि यस्ता भेरियन्टहरूलाई आधिकारिकरूपमा विश्व स्वास्थ्य सङ्गठन वा अन्य कुनै अन्तर्राष्ट्रिय निकायले अनुमोदन गरेका छैनन्।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टमा दिएको चेतावनी सत्य सावित भएको देखिन्छ । विश्वभर ओमिक्रोन भेरियन्टहरूको सुनामी आएको छ र ४६ देशमा रेकर्ड कोभिड मामिला देखिएका छन्। ठूलो सङ्ख्यामा मानिसले कोरोना भ्याक्सिन पाएका देशहरूमा पनि अस्पताल बिरामीले भरिभराउ छन् ।

बेलायती अखबार टेलिग्राफको तथ्याङ्कमा आधारित प्रतिवेदनअनुसार बलियो रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूले ओमिक्रोनका कारण कम गम्भीर रोगहरूको सामना गरिरहेका छन्। तर सङ्क्रमणको सङ्ख्या बढिरहेकाले विश्वको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने खतरा देखिएको छ । प्रतिवेदनमा विश्वव्यापी तथ्याङ्कका आधारमा विश्वका १९१ देशमध्ये ४६ मा १० लाख मानिसमा नयाँ कोरोना सङ्क्रमणको सङ्ख्या उच्च स्तरमा पुगेको बताइएको छ ।