२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राज्यका हरेक निकायहरूको काम, कारबाही संविधान अनुकुल हुनु कानूनी राज्यको मुख्य मान्यता’



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संविधानलाई देशको मुल कानूनको रूपमा मान्यता प्रदान गर्नु तथा राज्यका हरेक अङ्ग र निकायहरूको कामकारबाही संविधान अनुकुल हुनु नै कानूनी राज्यको मुख्य मान्यता रहेको बताउनुभएको छ ।

कानून दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संवैधानिक सर्वोच्चता कायम गर्ने सन्दर्भमा न्यायपालिकाले चालेका कदमहरू कानूनको शासनको कसीमा सुखद् र सन्तोष परक पक्षहरू रहेको बताउनु भयो ।

उहाँले संविधानले सुनिश्चित गरेका व्यवस्थाहरू र कानूनद्वारा निर्धारित पद्धतिहरू जतिसुकै सबल भएपनि निर्जीव कानूनी अक्षरहरूलाई जीवन्तता दिने काम सरकारको कार्यकुशलता र प्रभावकारी भुमिकामा निर्भर हुने बताउनु भयो । उहाँले संविधानले अवलम्वन गरेको सङ्घीय शासन प्रणालीमा न्यायको प्रवाहको संस्थागत प्रबन्धमा केही संरचनात्मक परिवर्तन गर्दै सारभुत रूपमा स्वतन्त्र, निष्पक्ष र समक्ष न्याय प्रवाह गरेर कानूनी न्यायको अवधारणालाई संविधानको मौलिक वस्तुको रूपमा व्यवस्थित गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “नेपालको संविधानले अवलम्वन गरेको सङ्घीय शासन प्रणालीमा न्यायको प्रवाहको संस्थागत प्रवन्धमा केही संरचनात्मक परिवर्तन गर्दै सारभुत रूपमा स्वतन्त्र, निष्पक्ष र समक्ष न्याय प्रवाह गरेर कानूनी न्यायको अवधारणालाई संविधानको मौलिक अन्तर वस्तुको रूपमा व्यवस्थित गरिएको छ । संविधानलाई देशको मूल कानूनको रूपमा मान्यता प्रदान गर्नु, राज्यका हरेक अङ्ग र निकायहरूको कामकारबाही संविधान अनुकूल हुनु नै कानूनी राज्यको मुख्य मान्यता हो । संवैधानिक सर्वोच्चता कायम गर्ने सन्दर्भमा न्यायपालिकाले चालेका कदमहरू कानूनको शासनको कसीमा सुखद् र सन्तोषपरक पक्षहरू हुन् । संविधानद्वारा सुनिश्चित व्यवस्थाहरू र कानूनद्वारा निर्धारित पद्धतिहरू जतिसुकै सबल भएपनि निर्जीव कानूनी अक्षरहरूलाई जीवन्तता दिने कार्य सरकारको कार्यकुशलता र प्रभावकारी भुमिकामा निर्भर हुने गर्दछ ।”

प्रधानन्यायाधीश राउतले संविधानको कार्यान्वयन र कानुनको शासनलाई बलियो बनाउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।




भर्खरै