१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धुर्वबहादुर प्रधानले सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद प्रधानले सरकारले व्यवस्था विरोधी गतिविधिको प्रतिवाद गर्ने नीतिको विरोध गर्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले सरकारले न्याय प्रणालीलाई समेत दुरुपयोग गरी जनताको भावना निस्तेज गर्ने दुष्प्रयास गरिरहेको आरोप लगाउनु भयो । उहाँले गत चैत १५ गतेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न न्यायिक छानविन आयोग गठन गर्न समेत माग गर्नुभयो । उहाँले तोडफोड, आगजनी र हत्याका घटनाहरु एकअर्कालाई आक्षेपित गर्न प्रयोग गरिएको समेत टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रममा पनि जनताको अभिव्यक्तिलाई बन्देज लगाउने विषयहरु आएका छन् । न्याय प्रणालीलाई दुरुपयोग गरी जनताको भावना निस्तेज गर्ने दुष्प्रयास गर्नु हुँदैन । त्यसकारण म सभामुख महोदयमार्फत निवेदन गर्न चाहन्छु– चैत १५ गतेको तीनकुने घटनाको सम्बन्धमा अनुसन्धान गर्न न्यायिक छानविन आयोग गठन होस् । तोडफोड, आगजनी र हत्याका घटनाहरु एकअर्कालाई आक्षेपित गर्न प्रयोग गरिएको छ । त्यसको बारेमा स्पष्ट कुराहरु न्यायिक छानविनबाट आउने छन् । र सबैलाई स्पष्ट हुनेछ कि यो घटना कसले घटाएको हो ?’

सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संविधान र व्यवस्था विरोधी गतिविधिको प्रतिवाद गर्ने नीति लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको उक्त नीतिको विरोध गर्दै आएको छ । राप्रपा राजसंस्था स्थापनाको मागसहित देशव्यापि अनिश्तिकालिन आन्दोलनको समेत घोषणा गरिसकेको छ ।