२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति निवास शीतल निवासमा आज एक कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएको छ ।

परोपकारी संस्था ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’को आयोजनामा नेपालमा जारी दुई रियालिटी शोका प्रतिस्पर्धीहरुलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आआफ्नो स्थानबाट पहल गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले विभिन्न मुलुकबाट नेपाल आएका प्रतिस्पर्धीहरु सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वव्यापीरुपमा नेपाली समुदायमा पु(याउन इन्ट्रा फाउण्डेसनको प्रयासको प्रशंसा गर्नुभयो । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक साताको बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण सुरु भएको छ भने आइतवार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुन थालेको छ ।

इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वभरका नेपाली जातिलाई संस्कृतिको एउटै मालामा उनेर नेपालसँग जोड्न फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सपनालाई यी रियालिटी शोले मूर्तरुप दिइरहेको जानकारी दिनुभयो । विश्वका ६० देशमा बस्ने नेपालीहरु यी कार्यक्रमहरुसँग जोडिएको र २३ देशका नेपाली प्रतिभाहरु नेपाल ल्याइएको उहाँले बताउनुभयो ।