१ आश्विन २०८३, बिहीबार
,
Latest
संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना मात्र भेटिए



अ+ अ-

काठमाडौं । चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । 

स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन । 

“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने ।

यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् । 

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।