२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिबद्धता देखाएन: नेता केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिवद्धता नदेखाएको भन्दै आलोचना गर्नुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जेन जी पुस्ता (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवायुवती) को समस्यालाई सम्बोधन गर्न सरकारले ठोस योजना नल्याएको बताउनु भयो । उहाँले दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएको र दैनिक तीनदेखि ५ वटासम्म शवहरू नेपाल फर्किने गरेको बताउनु भयो । उहाँले यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न नसकिने जिकिर गर्नुभयो । उहाँले जेन पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि लागूपदार्थ दुव्र्यसनी, चिन्ता र आत्महत्याजस्ता समस्याबाट पीडित भएको उल्लेख गर्दै यस्ता मुद्दालाई राष्ट्रिय सामाजिक आन्दोलनका रूपमा विकास गर्न सरकारले ध्यान नदिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, “जेन जी पुस्ता भनेको सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरू, जसको उमेर १३ देखि २८ वर्षसम्मका युवायुवतीहरूलाई प्रतिनिधित्व गर्छ । यसलाई सम्बोधन गर्न जुन खालको महत्वपूर्ण प्रतिवद्धता हुनुपर्ने थियो, त्यो छैन । अहिले दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएका छन् । दैनिक तीनदेखि ५ वटासम्म मृत शवहरू नेपाल फर्किएका छन् । यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न सकिँदैन । जेन पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि आइसकेको छ । लागूपदार्थ दुव्र्यसनी, चिन्ता, आत्महत्याबाट पीडित छन् । तिनीहरूलाई राष्ट्रले एउटा सामाजिक आन्दोलन रूपमा कसरी विकास गर्न सकिन्छ त्यतातर्फ ध्यान दिएको देखिँदैन ।”

उहाँले युवा पुस्ताको भविष्य सुनिश्चित गर्न ठोस नीति र प्रतिबद्धता आवश्यक रहेको जिकिर गर्नुभयो ।