१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट छिटो पास गर्न माग

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट छिटो पास गर्न माग
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट छिटो पास गर्न माग गर्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद जोशीले यस्तो माग गर्नुभएको हो । सांसद जोशीले एक हजार शैय्याको अस्पताल सञ्चालनको लागि समेत व्यवस्था भइसकेकोले विधेयकलाई छिटो पास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँ ७० बिघा जग्गामा ५३ वटा साना ठूला भवनहरु बनिसकेका एक हजार सैय्याको अस्पताल सञ्चालनको लागि पनि सबै व्यवस्था भइसकेको र कार्यकारी लगायतका लागि बस्ने व्यवस्था भइसकेकोले यो विधेयकलाई चाँडोभन्दा चाँडो संसदमा ल्याएर पास गरियोस् ।’

उहाँले विधेयकलाई प्राथमिकताका साथ कार्यसूचीमा राखेर छलफल गरी पारित गर्न माग गर्नुभयो । गत हिउँदे अधिवेशनको अन्तिम दिन र वैशाख १५ गतेको सम्भावित कार्यसूचीमा विधेयक राखिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने तय पनि भएको थियो । सोही दिन पारित गर्ने प्रश्ताव राख्ने तय भएको थियो । तर, मन्त्री पन्त शिक्षक आन्दोलनको वार्तामा व्यस्त भएकाले कार्यसूचीबाट हटाइएको थियो । विधेयक ०८० असोज २१ गते मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रियसभाले ०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।