३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आतंकवादविरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्छः रामहरि खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आंतकवादका विरुद्ध भारतको आक्रमण लगायतले नेपाललाई झन् जोखिम बनाएको बताउनु भयो । उहाँले वर्तमान समयको जटिलतालाई सामना गर्न सरकारलाई तयार रहन आग्रह समेत गर्नुभयो । उहाँले आंतकवादीविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ र समर्थन दिनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “रुस–युक्रेन युद्ध, इजरायल–हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरणको प्रयासको प्रभाव, भारतले पाकिस्तानी आंतकवादका विरुद्ध गरेको युद्ध जस्ता कुराले हामी झन् जोखिमयुक्त अवस्थामा हामी छौँ भन्ने लागेको छ । यो समयको जटिलतालाई सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु । आतंकबादविरुद्धको लडाइमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु ।”

उहाँले धितोपत्र बोर्डका अध्यक्षका कमिसन काण्डहरू बाहिर आएको भन्दै यो विषयमा सरकारले दिनुपर्ने बताउनु भयो ।