२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता



अ+ अ-

काठमाडौं । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।  

आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउनको सन्दर्भमा परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संक्रमणको संख्यामा हाल केही कमी हुँदै गएको र निश्क्रमणको संख्याहरु बढ्दै गएको हुनाले यसलाई नियन्त्रित रुपमा राख्न पर्ने नै विश्लेषण भएको छ । केही निकायहरुबाट अनुमतिका लागि सीसीएमसीमा आएको सन्दर्भमा छलफल हुँदा साउन ६ गतेसम्म कायम भएको नेपाल सरकारको निर्णय छ त्यो निर्णयलाई परिमार्जन गर्न के कस्तो क्रियाकलापहरु गर्न सकिन्छ अथवा यसलाई कसरी लानुपर्छ भन्ने विषयमा फेरी छलफल गरेर नेपाल सरकार मन्त्रिपरिषदमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव लैजाने गरी निर्णय भएको छ ।

थप निर्णय आज भएको छैन् । अरु थप कुराहरु भएको छैन जस्तो श्रमिकहरु जुन मुलुकबाट धेरैजना आउन बाँकी रहेको छ ती मुलुकहरुबाट श्रमिकहरु ल्याउनलाई हवाई उडानको प्राथमिकरण राख्ने भन्ने भएको छ ।’ 

क्वारेन्टाइनमा रहेको संख्या घट्दै गएकाले पीसीआर परीक्षणको संख्या पनि घटेको गुरागाईंले बताउनुभयो । उहाँले आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउन सक्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले क्वारेन्टाइनमा रहेको संख्या नै घटदै गएको छ । अहिले परीक्षण गर्दा अस्ति धेरै देखिएको टेस्टको नतिजा आउन बाँकी रहेर अहिलकति संख्या धेरै भएको थियो । अहिले जति आवश्यकता छ आवश्यकता अनुसार पीसीआरको परीक्षणको काम भइराखेको छ । क्रमशः आवश्यकता अनुसार जति आवश्यक हुन्छ त्यो अनुसार पीसीआर परीक्षण गर्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको छ ।’