२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चका दुई न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी



अ+ अ-

काठमाडौँ । कानून व्यवसायी हक हित संरक्षण तथा शुद्धिकरण अभियानले सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र प्रकाशमान सिंह राउतविरुद्ध न्यायपरिषद्मा निवेदन दर्ता गरेको छ । 

अभियानले न्यायाधीश खड्काले तीनवटा नागरिकता पेश गर्नुभएको भन्ने व्यहोरा विभिन्न अनलाइन सञ्चार माध्यममा आएकाले निजको नागरिकता प्रचलित नेपाल कानूनबमोजिम अधिकारप्राप्त प्रहरी कार्यालय तथा सरकारी कार्यालयबाट अनुसन्धान तहकिकात हुन अनुरोध गर्दै तहकिकात नसकिँदासम्म निजलाई इजलास तोक्ने कार्य, निजले पेशी व्यवस्थापनका लागि गोला तान्ने कार्यलगायत न्यायिक निरुपणका कुनै पनि कार्यमा संलग्न हुनबाट रोक लगाउन माग गरेको छ । 

त्यसैगरी न्यायाधीश राउतले वरिष्ठ अधिवक्ताको हैसियतमा नेपाल रेडक्रस सोसाइटीमा कानूनी सल्लाहकार नियुक्त भई आर्थिक लाभसमेत लिनुभएकाले सोसम्बन्धी मुद्दामा न्यायाधीशको हैसियतबाट मुद्दा सुनुवाई गरी मुद्दा हेर्न न्यायाधीशको आचारसंहिता विपरीत हुने भन्दै अभियानले निजलाई इजलास तोक्ने कार्य, निजले पेशी व्यवस्थापनका लागि गोला तान्ने कार्यलगायत न्यायिक निरुपणका कुनै पनि कार्यमा संलग्न हुनबाट रोक लगाउन माग गरेको छ ।