• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

सर्वोच्चका दुई न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी



काठमाडौँ । कानून व्यवसायी हक हित संरक्षण तथा शुद्धिकरण अभियानले सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र प्रकाशमान सिंह राउतविरुद्ध न्यायपरिषद्मा निवेदन दर्ता गरेको छ । 

अभियानले न्यायाधीश खड्काले तीनवटा नागरिकता पेश गर्नुभएको भन्ने व्यहोरा विभिन्न अनलाइन सञ्चार माध्यममा आएकाले निजको नागरिकता प्रचलित नेपाल कानूनबमोजिम अधिकारप्राप्त प्रहरी कार्यालय तथा सरकारी कार्यालयबाट अनुसन्धान तहकिकात हुन अनुरोध गर्दै तहकिकात नसकिँदासम्म निजलाई इजलास तोक्ने कार्य, निजले पेशी व्यवस्थापनका लागि गोला तान्ने कार्यलगायत न्यायिक निरुपणका कुनै पनि कार्यमा संलग्न हुनबाट रोक लगाउन माग गरेको छ । 

त्यसैगरी न्यायाधीश राउतले वरिष्ठ अधिवक्ताको हैसियतमा नेपाल रेडक्रस सोसाइटीमा कानूनी सल्लाहकार नियुक्त भई आर्थिक लाभसमेत लिनुभएकाले सोसम्बन्धी मुद्दामा न्यायाधीशको हैसियतबाट मुद्दा सुनुवाई गरी मुद्दा हेर्न न्यायाधीशको आचारसंहिता विपरीत हुने भन्दै अभियानले निजलाई इजलास तोक्ने कार्य, निजले पेशी व्यवस्थापनका लागि गोला तान्ने कार्यलगायत न्यायिक निरुपणका कुनै पनि कार्यमा संलग्न हुनबाट रोक लगाउन माग गरेको छ ।