२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र दाहालमा नेतृत्व क्षमताको अभाव देखियोः बेदुराम भुसाल



अ+ अ-

काठमाडौँ — अचानक भित्रिएको ‘अर्ली महाधिवेशन’को प्रस्तावले नेकपाको आन्तरिक राजनीतिमा फेरि तरंग ल्याएको छ । ‘अर्ली महाधिवेशन’को प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाललेसमेत स्वीकारेको विषयपछि शनिबार यो मुद्दा तात्यो नै ।

तर, आइतबार दिनभर दाहालले यस्तो प्रस्तावमा आफ्नो समर्थन नरहेको प्रष्टीकरण दिएका छन् । यही विवादले थप दुई दिन स्थायी कमिटी बैठक स्थगित भएको छ । ‘अर्ली महाधिवेशन’ कति सम्भव, यसमा दाहालको भूमिका के र स्थायी कमिटी बैठकमा यो विषयमा के छलफल हुन्छ ? यिनै विषयमा नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालसँगकाे कुराकानीः

दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगित भयो । के छ तपाईंको प्रतिक्रिया ?

बैठक बोलाएर टुंगाउन नसक्ने जुन स्थिति देखियो, यो दुई अध्यक्षको क्षमताको अभाव हो । दुई अध्यक्ष बस्ने सल्लाह गर्ने र बैठक स्थगित गर्दै आउनु भएको छ । यसको मतलब बैठकमा आफ्ना कुराहरु राखेर, कन्भिन्स गरेर नेतृत्व गर्ने क्षमता दुई अध्यक्ष कमजोर देखियो ।

अचानक अर्ली महाधिवेशनको चर्चा आयो, यसले बैठक प्रभावित भएको हो कि ?

त्यो होला । महाधिवेशनजस्तो कुरामा दुई अध्यक्षमात्रै बसेर सल्लाह गर्ने विषय हो र रु महाधिवेशनमा जाने परिस्थिति छ कि छैन भन्ने बुझ्न केन्द्रीय कमिटी बैठक राखेर तलको रिपोर्टिङ लिएपछि मात्रै निष्कर्ष निकाल्ने हो । अहिलेसम्म पार्टी एकताको काम टुंगिएको छैन । केन्द्रीय तहकोसमेत टुंगिएको छैन, स्थानीय तहको कुरै नगरौं । पार्टी सदस्यता नवीकरण भएकै छैन । पार्टी सदस्य कति हुन् भन्ने थाहा छैन । यस्तोमा दुई अध्यक्ष बसेर लौ ुअर्ली महाधिवेशनु भनेर हुन्छ रु यो त सरासर उहाँहरुको कमजोर क्षमताको एउटा उदाहरण हो ।

यसको मतलब मंसीरमा महाधिवेशन संभव छैन ?

महाधिवेशन भनेपछि कमसेकम पार्टी सदस्यहरुको प्रतिनिधित्व हुन्छ । त्यो गर्नका लागि त पहिला हाम्रा पार्टी सदस्य कति हुन् भन्ने चाहियो । पार्टी एकता गरेको दुई बर्ष दुई महिना भईसक्यो । दुई बर्षसम्म भएका संरचनालाई मिलाउन नसक्ने नेतृत्वले पाँच महिनामा महाधिवेशन गर्छ भनेर कसरी पत्याउनु रु यो हुने कुरै हैन । अहिले उठेका विषयहरुलाई टार्ने उद्देश्यले मात्रै आएका हुन् ।

बिहान तपाईंलगायतका नेताहरु खुलमटार जानुभएको थियो, अध्यक्ष पुष्पकमल दाहालले के भन्नुभयो ?

उहाँले महाधिवेशनको प्रस्तावमा मेरो सहमति होइन भन्नुभयो । त्यहाँ सचिवालयका नेताहरु पनि हुनुहुन्थ्यो । उहाँहरुले ुहिजो सचिवालय बैठकमा मेरो सहमति छैन भन्न सक्नु भएन रु किन भन्नु भएन त रु त्यो भन्नु भएको भए परिस्थिति अर्कै हुन्थ्योु भनेर भन्नुभयो । यो उहाँको प्रस्ताव हो मेरो हैन मात्रै भए पनि भनेको भए हुन्थ्यो, त्यो पनि भन्नु भएन । तपाईं पनि सहमत हो भन्ने बुझ्यौं हामीले भन्ने सचिवालयका नेताहरुको भनाई थियो ।

तपाईंहरु स्थायी कमिटीका नेताहरुले के कुरा राख्नु भयो त अध्यक्षसँग ?

हामीले तपाईंको कुरा के हो भनेर भन्यौं । तपाईं पाँच महिनामा महाधिवेशन गर्न सकिन्छ भन्नेमा पुग्नु भएको हो रु यो अवस्थामा तपाईंहरु कसरी महाधिवेशन गर्न सक्नु हुन्छ रु के हो कुरा रु भनेर सोध्यौं । उहाँले म सहमत हैन, छलफल गर्ने भए गरौंमात्र भनेको हुँ भन्नुभयो । अरु साथीहरुले त्यसमा पनि कुरा उठाउनु भयो । छलफल गर्ने भए गरौं, यो छलफलका लागि हो भनेर त्यहाँ भनेको भए बुझाई अर्कै हुन्थ्यो भनेर सचिवालयका अरु नेताहरुले भन्नु भयो । केहीबेर स्पष्टीकरणजस्तो भयो । (कान्तिपुर दैनिक)