१ आश्विन २०८३, बिहीबार
,
Latest
आज कति छ सुनचाँदीकाे मूल्य ? रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको सक्रियता बढ्नु दुःखद- शेखर कोइराला



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ट नेता डा शेखर कोइरालाले सत्तारुढ नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु दुःखद भएको बताउनु भएको छ ।

नेता कोइरालाले आज गर्नु भएको एक ट्वीटमा राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने उल्लेख गर्नु भएको छ । उहाँले राष्ट्रपतिको अनावश्यक सक्रियता देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ, ‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन । साझा, सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ । पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद हो ।

सत्ताको नेतृत्वका विषयमा विवाद चुलिएसँगै सत्तारुढ नेकपा नेताहरुलाई पटक–पटक शितल निवास बोलाएर विवाद समाधानको पहल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सर्वत्र आलोचना हुँदै आएको छ ।




भर्खरै