५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारले नागरिकका नाममा लगानी गर्ने



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत् परियोजनामा नागरिकका नाममा लगानी गर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागद्वारा आज यहाँ आयोजित प्रदेशको ‘समृद्धिका लागि जलस्रोत एवं ऊर्जा’ विषयक कार्यशाला गोष्ठीमा उहाँले प्रदेश सरकारले नीति एवं कानुन निर्माण गरी कोषमार्फत यस क्षेत्रका गरिबीका रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेश सरकार यस क्षेत्रका जनतालाई धनी बनाउने र ठूलठूला परियोजनामा नागरिकलाई प्रत्यक्ष सहभागी बनाउने काम गरिरहेको छ ।

उहाँले सुनसरी, मोरङ, झापा र इलामको दक्षिण क्षेत्रको महत्त्वपूर्ण योजना ‘तमोर चिसाङ डाइभर्सन’ रहेको र यसमार्फत यहाँका नागरिकले विद्युत्, खानेपानी, सिँचाइ प्राप्त गर्नुकासाथै पर्यटक आवागमन वृद्धि हुने भएकाले निर्माण चाँडै अगाडि बढाउने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकको समृद्धिको मुख्य आधार रहेको जलविद्युत् परियोजनाका निर्माणका लागि बाटो निर्माण, जग्गा प्राप्तिलगायतका कार्यमा स्थानीय तह, राजनीतिक दलहरुले सहजीकरण गर्न आग्रह गर्नुभयो ।

प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले चैते धान उत्पादन वृद्धिका लागि सिँचाइको प्रबन्ध गरिरहेको बताउनुभयो । उहाँले सिँचाइका लागि प्रदेश सरकारले मोरङ, सुनसरी, झापा र इलाममा ८०० स्यालो ट्युबवेल वितरणको योजना रहेको जानकारी दिनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशमा निर्माण हुने जलविद्युत् परियोजना छिटो सम्पन्न गर्न पार्टीले सहजीकरण गरिरहेको जानकारी दिनुभयो ।

पार्टीका ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग प्रमुख मोहनकुमार डाँगी, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जलस्रोतको विकासले मुलुकमा समृद्धि र रोजगार सिर्जना हुने धारणा राख्नुभयो ।

कार्यक्रममा विभाग प्रमुख डाँगीले कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत र ऊर्जा, विभागका सचिव पुष्पज्योति ढुङ्गानाले जलविद्युत् उत्पादनमा प्रदेश सरकारको सहजीकरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रअनुसार कोशी प्रदेशमा विभिन्न ४१ वटा निर्माणाधिन जलविद्युत् परियोजनाबाट दुई हजार ३६५ मेगावाट विद्युत् उत्पादन हुनेछ । रासस