२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोधारमा दाहाल : ओलीसँग मिलेर फकाउने कि बलियो बनेर गलाउने ?



अ+ अ-

काठमाडौँ । नेकपा भित्रको अन्तरकलह र अब कसरी अघि बढ्ने भन्ने बारेमा अध्यक्ष पुष्पकमल दाहालले साेमबार आफ्नो निवास खुमलटारमा पूर्व माओवादीका नेताहरुलाई जम्मा पारेर छलफल गर्नुभएको छ । केही दिनदेखि निकै दबाबमा रहनुभएका प्रचण्डको अभिव्यक्तिले अर्का अध्यक्ष केपी ओली तथा नेता माधव कुमार नेपाल दुवै पक्षबीच शंका पैदा गरेपछि अन्याैललाई चिर्न भन्दै छलफलका लागि स्थायी समितिमा रहेका पूर्व माओवादीका नेताहरुलाई बोलाउनु भएको थियो । 

छलफलमा विभिन्न व्यक्तिगत कारण देखाउँदै १८ सदस्यमध्ये  प्रभावशाली सदस्य  तथा गृहमन्त्री रामबहादुर थापा, जनार्दन शर्मा र लेखराज भट्ट उपस्थित हुनु भएन । अन्य सदस्यहरुले पनि बाहिर पदका लागि नेताहरुले रमिता देखाएकाे भन्दै आलोचना भएका कारण स्थायी समितिको बैठकलाई नियमित विषयमा प्रवेश गराएर निकास दिनुपर्ने सुझाव दिएका थिए ।  

उनीहरु अध्यक्ष ओलीसँग एकता, संघर्षलाई सँगै बढाउन सुझाव दिँदै पार्टी फुटेमा त्यसको दोष आउनेतर्फ अध्यक्ष दाहाललाई सचेत गराएका थिए । दाहालले पनि ओली आफ्नो अडानमा कायम रहेका कारण मिल्नुको विकल्प नदेखिएको भन्दै अब यो मुद्दालाई थाँती राख्ने मनस्थितिमा रहनु भएको एक नेताले जानकारी दिए। 

पूर्व माओवादी खेमाका सदस्यलाई मात्र छलफलमा बोलाउँदा गलत सन्देश जाने भन्दै उनीहरुले यस्तो अवस्थामा पूर्व एमालेहरु पनि एक हुने अवस्था आउने र परिस्थिति झन बिग्रनेतर्फ पनि सचेत गराएका थिए । दाहालले भने यसरी पूर्वमाओवादी भनेर बस्न त नहुने हो, तर अहिलेको परिस्थिति अलि जटिल भएकाले रायसल्लाह लिन बोलाएको भन्दै स्पष्ट पार्नुभएको थियो ।

तर साेमबारको उक्त भेलाले पनि खासै ठोस निकास दिन सकेन तर पनि ओलीलाई फकाउने कि गलाउने हो एक गरिहाल्नुपर्यो भनेर प्रचण्डलाई सुझाव दिएको छ । यसका लागि पनि आगामी दिनमा उही ओली-प्रचण्डका बैठककै शृंखलाहरु दोहोरिने नै हुन् । त्यति गर्दा पनि निकास निस्किएन भने ओली प्रचण्डसँग मिल्नुको विकल्प देखिँदैन र यदि मिले भने पनि त्यसले वरिष्ठ नेता माधव नेपाललाई समस्या बनाउने छ । नेपालले अहिले ओली प्रचण्ड मिलेर आफूलाई बाइपास गर्ने हुन् कि भन्ने समस्यामा देखिन्छन् ।