२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातारको वर्षाले जनजीवन प्रभावित, कहिलेसम्म हाेला वर्षा



अ+ अ-

काठमाडौं । लगातारको वर्षाले देशभर जनजीवन प्रभावित पारेको छ । 

वर्षाका कारण बाढी पहिरोको घटनाहरु बढीरहेका छन् । मुख्य नदीहरुमा पानीको बहाब बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अधिकांश स्थानमा १ सय मिलिलिटर भन्दा बढी पानी परेको छ । उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा लगायतका नदिमा पानीको बहाव बढेको छ ।

उपत्यका बाहिरका मुख्य नदीहरुमा पनि पानीको बहाब निरन्तर बढीरहेको छ । महाशाखाका अनुसार चितवनको नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । कोसी नदीमा पनि सतर्कताको तहसम्म पुगेको छ ।

यस्तै कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र विभिन्न सहायक नदीमा पनि पानीको बहाबले खतराको तह पार गर्न सक्ने अनुमान महाशाखाले गरेको छ । महाशाखाले अझै ५ दिन सम्म सतर्कता अपनाउनुपर्ने जनाएको छ ।

गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ४ गते आइतबार देखि ५ गते बिहान १० बजेसम्म विभिन्न जिल्लामा १२ स्थानमा पहिरो गएको छ ।

चार स्थानमा अविरल वर्षा, २ स्थानमा बाढी, १ स्थानमा आगलागीको घटना भएको प्राधिकरणले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ । घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ८ स्थानमा सडक अवरुद्ध भएको तथ्याङ्कमा उल्लेख छ । २४ घण्टामा १९ वटा घटनाहरु घटेका छन् ।  

प्राधिकरणका अनुसार २०७७ जेठ ३० गते देखि साउन ४ गते सम्म पहिरो, बाढी र चट्याङ्गबाट १ सय ३१ जनाको मृत्यु भएको छ भने १ सय २९ जना घाइते भएका छन् । घटनामा परी ४८ जना वेपत्ता भएका छन् । तथ्याङ्क अनुसार पहिरोबाट १ सय ११ जनाको मृत्यु, ८६ जना घाइते र ४३ जना बेपत्ता भएका छन् ।

बाढीबाट ३ जनाको मृत्यु, १ जना घाइते र ५ जना बेपत्ता भएका छन् । चट्याङ्गमा परी १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । 

महाशाखाले आगामी बुधबारसम्म देशभरका अधिकांश स्थानमा प्रक्षेपण गरेको छ ।