१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७८ को अवसरमा चित्रकला प्रदर्शनी आयोजना

३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७८ को अवसरमा चित्रकला प्रदर्शनी आयोजना
अ अ+ अ-

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकला दिवस २०७८ को अवसरमा आयोजित ७ दिने ‘चित्रकला प्रदर्शनी–२०७८’ आज मिति २०७८ पौष २५ गते आइतबारबाट सुरु भएको छ ।
 
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको सहकार्यमा ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७८ का अवसरमा आयोजना हुने विभिन्न कार्यक्रम अन्र्तगत यस नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वरा चित्रकला प्रदर्शनीको आयोजना भएको थियो ।

कार्यक्रमको सभापतित्व यस प्रतिष्ठानका कुलपति श्री के।के। कर्माचार्यज्यूले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूलाई निमन्त्रणा गरिएको भएतापनि माननीय मन्त्रीज्यूको कार्य व्यस्तताको कारण उपस्थित हुन नसक्नुभएको हुँदा तीवटै प्रतिष्ठानका कुलपतिज्यूहरुबाट संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीको संयोजनमा कलाकृतिहरु संकलन गरिएको थियो भने  प्रदर्शनीमा १३४ जना कलाकारको कलाकृति समावेश गरिएको छ । कार्यत्रममा स्वागत भाषण प्रतिष्ठानका सदस्य सचिवज्यूले गर्नुभएको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री नारायण भक्त श्रेष्ठले आफ्नो भनाईमा भित्ताहरुमा कलाकारहरुको मेहनत झुण्डिरहेका छन् । कुची र कलमलाई सम्मान गर्दै प्रगतिको कामना गर्दछु । यी चित्रहरुले एकतालाई प्रष्ट्याइएको छ भन्दै कार्यक्रम सफलताको कामना व्यक्त गर्नु भयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री गंगा प्रसाद उप्रेतीले एकिकरणको महत्व बुझाउनको लागि चार वटा संस्थाहरुले आयोजना भएको उक्त कार्यक्रम सन्देश मुलक भएको बताउनु भयो । हामी चार संस्थाका छुट्टा छुट्टै विशेषता भएकोले सोही अनुसारका कार्यक्रम गर्ने तय गरेकोमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकला प्रदर्शनी भएको छ । चित्रहरुमा समयसामयिक तथा परम्परागत विषयवस्तुहरुलाई एकिकरणको नाममा जोडर कला सिर्जना गरेको बताउनु भयो । उहाँले राष्ट्रिय एकता दिवसको अवसरमा प्रत्येक वर्ष यसरी कार्यक्रम गरी मनाउने बताउनु भयो । यसलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री के।के। कर्माचार्यले हामीले संयुक्त रुपमा विभिन्न कार्यक्रमहरु गर्न परम्पराको विकास गरेको जानकारी दिनु भयो । राष्ट्रिय एकता दिवसको आवसरमा धेरै कलाकारहरुको चित्र अवलोकन गर्ने अवसर मिल्यो ।