२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७८ को अवसरमा चित्रकला प्रदर्शनी आयोजना

३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७८ को अवसरमा चित्रकला प्रदर्शनी आयोजना
अ अ+ अ-

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकला दिवस २०७८ को अवसरमा आयोजित ७ दिने ‘चित्रकला प्रदर्शनी–२०७८’ आज मिति २०७८ पौष २५ गते आइतबारबाट सुरु भएको छ ।
 
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको सहकार्यमा ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७८ का अवसरमा आयोजना हुने विभिन्न कार्यक्रम अन्र्तगत यस नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वरा चित्रकला प्रदर्शनीको आयोजना भएको थियो ।

कार्यक्रमको सभापतित्व यस प्रतिष्ठानका कुलपति श्री के।के। कर्माचार्यज्यूले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूलाई निमन्त्रणा गरिएको भएतापनि माननीय मन्त्रीज्यूको कार्य व्यस्तताको कारण उपस्थित हुन नसक्नुभएको हुँदा तीवटै प्रतिष्ठानका कुलपतिज्यूहरुबाट संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीको संयोजनमा कलाकृतिहरु संकलन गरिएको थियो भने  प्रदर्शनीमा १३४ जना कलाकारको कलाकृति समावेश गरिएको छ । कार्यत्रममा स्वागत भाषण प्रतिष्ठानका सदस्य सचिवज्यूले गर्नुभएको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री नारायण भक्त श्रेष्ठले आफ्नो भनाईमा भित्ताहरुमा कलाकारहरुको मेहनत झुण्डिरहेका छन् । कुची र कलमलाई सम्मान गर्दै प्रगतिको कामना गर्दछु । यी चित्रहरुले एकतालाई प्रष्ट्याइएको छ भन्दै कार्यक्रम सफलताको कामना व्यक्त गर्नु भयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री गंगा प्रसाद उप्रेतीले एकिकरणको महत्व बुझाउनको लागि चार वटा संस्थाहरुले आयोजना भएको उक्त कार्यक्रम सन्देश मुलक भएको बताउनु भयो । हामी चार संस्थाका छुट्टा छुट्टै विशेषता भएकोले सोही अनुसारका कार्यक्रम गर्ने तय गरेकोमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकला प्रदर्शनी भएको छ । चित्रहरुमा समयसामयिक तथा परम्परागत विषयवस्तुहरुलाई एकिकरणको नाममा जोडर कला सिर्जना गरेको बताउनु भयो । उहाँले राष्ट्रिय एकता दिवसको अवसरमा प्रत्येक वर्ष यसरी कार्यक्रम गरी मनाउने बताउनु भयो । यसलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री के।के। कर्माचार्यले हामीले संयुक्त रुपमा विभिन्न कार्यक्रमहरु गर्न परम्पराको विकास गरेको जानकारी दिनु भयो । राष्ट्रिय एकता दिवसको आवसरमा धेरै कलाकारहरुको चित्र अवलोकन गर्ने अवसर मिल्यो ।