१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले काम खोजेका छन्, भागबण्डा होइनः रास्वपा सांसद डाँगी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको भन्दै आपत्ति जनाउनुभएको हो । बर्खायाम शुरु भइसकेको र राजधानी जोड्ने सडकहरू असुरक्षित रहेको अवस्थामा सरकार जनसुरक्षा, पूर्वाधार र सेवा प्रवाहमा नभई पद बाँडफाँटमा अल्झिएको आरोप समेत लगाउनु भयो । सरकालाई भागबण्डाको हावादारी कुरामा समय खर्च नगर्न उहाँको सुझाव छ । उहाँले जनताले भागबण्डाको सौदाबाजी नभई उल्लेख गर्नुभया ।

उहाँले भन्नुभयो, ‘सरकारले गभर्नर नियुक्त गर्न लामो समय खर्च गरेको देखिन्छ । मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । र सरकारको समय यस्तो हावादारी कुरामा खर्च नगर्न सुझाव समेत दिन चाहन्छु । किनभने बर्खायाम शुरु भइसकेको छ । राजधानी जोड्ने सडकहरु असुरक्षित छन् । लाखौं नागरिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन् । सरकारले यतातिर समय खचृ गरोस् । १० महिना भइसक्यो सरकार कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको विषयमा अड्किरहेको छ । अहिले जनताले काम खोजेका छन् । भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन् । ’

सरकारले भागबण्डा नमिलेका कारण गभर्नर नियुक्तिमा ढिलाई गरेको प्रतिपक्षीले आरोप लगाउँदै आएका छन् ।