१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा रहेको नेपालीहरुको समस्याबारे सांसद अर्यालले गराए सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले नेपालीहरू राजदुतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताउनु भयो ।

उहाँले भारतमा सन्तान जन्माएका नेपालीहरूले नेपाल फर्किएपछि नेपाली नागरिक लिन खोज्दा सकस परेको समेत गुनासो आएको बताउनु भयो । उहाँले भारतमा रहेका नेपाली उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी गर्न खोज्दा सरकारले सहयोग नगरेको समेत जिकिर गर्नुभयो । कार्यवाहक सभापति अर्यालले भारतमा रहेको नेपालीहरूको समस्या सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “भारतको विभिन्न राज्यमा थुप्रै नेपालीहरू बसोबास गर्दै आउनुभएको छ । भारतस्थित नेपाली राजदुतावासले भारतमा रहेका नेपालीहरूको दुःख र पीडामा मलहम लगाउनुको साटो कुनै सिफारिस लिन जाँदा थुप्रै पैसा खर्च हुने गरेको गुनासो आएकोले यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यस्तै थुप्रै नेपालीहरूले त्यहाँ बालबच्चा जन्माउनुहुन्छ, नेपालमा आएर नागरिकता लिन खोज्दा खेरी नागरिकता लिन सकस परेको उहाँहरूको गुनासो छ । यस्तै, भारतमा रहेका नेपालीहरू, जो उद्योगी व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूले नेपालमा लगानी गर्दा सरकारले कुनै सहयोग नगरेको गुनासो छ, त्यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

उहाँले भारतमा रहेका नेपालीहरूले नेपाल सरकारले तेस्रो दर्जाको व्यवहार गरेको गुनासो समेत आएको जिकिर गर्नुभयो ।