६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीको उच्च जोखिममा तराईका २३ जिल्ला: कोसी, कमला, बाग्मती आसपासका बस्ती डुबानमा पर्ने खतरा उच्च



अ+ अ-

काठमाडौँ । अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हुँदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ । तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको छैन । कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बाँधिधिएका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् । मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन वर्षा निरन्तर रहने जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले भारीदेखि मध्यम वर्षा हुने क्रम जारी रहेकाले कोसी, नारायणी, कमला, महाकाली, राप्ती, स्थानीय खोला लगायतका नदीको बहावले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्क रहन भनेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यका अनुसार तिलाठी क्षेत्र र बलान क्षेत्रमा कटान सुरु भएको छ ।

उनका अनुसार पश्चिम कोसीमा बढ्दो नदी सतह, अरुण र तमोर नदीको बाढीको बहाव सतर्कता तहतिर बढ्दै गर्दा चिन्ता बढेको छ । कोसीको भारतीय सीमा क्षेत्रमा भएको बाँधको कमजोर भागमा मर्मत सम्भार भइरहेको छ । भारतीय पक्षले आफ्नै व्यवस्थापनमा काम गरिरहेकाले नेपाल पक्षबाट आफूहरूले निगरानी गरिरहेको जानकारी उहाँले दिनुभयो । सप्तरीमा पानीको निकास नहुँदा बर्सेनि सहर र गाउँ डुबान हुने गरेको छ । तिलाठी र कोइलाठीतिर भारतीय सीमाको भूमि उच्च छ । नेपालतिर खाल्डो छ । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले वर्षाले गर्दा कमला, बलान नदी तटका केही क्षेत्रमा हल्का डुबान देखिन थालेको उल्लेख गरे । उनका अनुसार पूर्वतयारीको योजना जिल्ला विपद् व्यवस्थापन समिति योजना बनाएर कार्यान्वयन गर्ने तयारी अवस्थामा छ । स्थानीय तहबाट आफ्ना क्षेत्रमा जमेको पानीको निकास तत्काल निकाल्न सबै पालिकालाई अनुरोध गरिएको छ ।

“कोभिड–१९ को सन्दर्भमा सञ्चालित क्वारेन्टाइन र आइसोलेसन सेन्टरसँग नबाझिने गरी तत्काल उद्धार गर्नुपर्ने अवस्थामा विद्यालय, सार्वजनिक स्थान र खुला स्थान तयारी अवस्थामा राखिएको छ,” उनले भने । त्यहाँका १७ स्थानीय तहमध्ये बाढी र डुबानको हिसाबले छवटा स्थानीय तह उच्च जोखिममा छन् । जसमा कर्जन्हा, सिराहा, कल्याणपुर, लहान, औरही र बरियारपट्टी स्थानीय तह रहेका छन् । नदीमा आउने बहावमा आएको रोकावटको कारण त्यस क्षेत्रमा बर्सेनि डुबान र बाढीको चपेटामा स्थानीयवासी पर्ने गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार जनकपुर क्षेत्रमा केही स्थान डुबान भएका छन् । कमला, बाग्मती लगायतका नदीजन्य खतरा र डुबानको अवस्था सामान्य छ । तर वर्षा भइरहेकाले विपद्को सामना गर्न उच्च सतर्कतामा रहेको उनले बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार त्यस क्षेत्रमा कोसीको बहाव बढ्दो अवस्थामा छ । कोसीमा एक लाख ७७ हजार ७९५ क्युसेक पानीको बहाव रहेको छ । आइतबार बिहान एक लाख ४५ हजार ८५० क्युसेक थियो । सतर्कता तहतिर बढ्दो रहेकाले कोसी तटीय क्षेत्रका गाउँपालिका सहित दुईवटा गाउँपालिका उच्च जोखिममा रहेको छ ।
“जबसम्म बाँध फुट्दैन तबसम्म यस क्षेत्रमा डुबान हुँदैन,” उनले भने । तर स्थानीय ट्याङ्ग्रा, सर्दु, सुनसरी लगायतका खोलाको स्थानीय बाढीले केही असर गर्ने सम्भावना छ । तर कोसी उच्च बाढीमा गएको अवस्थामा नेपालको बालुवाले धानेको बाँधमा असर गर्न सक्छ ।

पहाडमा पहिरो
यसपालाको मनसुनमा काठमाडौँ उपत्यकामै पहिरो जान थालेको छ । भूगर्भविद् शिवकुमार बाँस्कोटाका अनुसार काठमाडौँ उपत्यका वरपरको पहाड पनि पहिरोको उच्च जोखिममै पर्छन् । उत्तरपट्टि र पूर्वपट्टि डाँडा लगभग बलौटे माटोले बनेको उनले बताए । “त्यहाँ चट्टाने पहिरोभन्दा पनि माटो गल्दै गएर साना ढिस्का र कान्ला पहिरो जानेक्रम बढी रहन्छ,” उनले भने । अत्यन्त धेरैभित्र पानी छिर्दा पहिरो जान्छ । कागेश्वरी क्षेत्रको अवस्था पनि बलौटे रहेकाले त्यस्तै खालको पहिरो गएको अनुमान उनले गरे। यस क्षेत्रमा अवैध बालुवाखानी रहेकाले मानव बस्ती पहिरोको जोखिममा पर्नसक्ने उनले बताए । गोरखापत्र दैनिक