१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमकाे संरचनामा परिवर्तन



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको संरचना परिवर्तन शुरु गरेको छ । कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुने गरी प्रादेशिक निर्देशनालय स्थापना गरेको हो ।

कम्पनीको सञ्चालक समितिले मुलुकको संघीय संरचना अनुसारले विराटनगर प्रदेश नं. १ प्रादेशिक निर्देशनालय, वीरगन्ज प्रदेश नं. २ प्रादेशिक निर्देशनालय, काठमाडौ बागमती प्रदेश प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५ प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश प्रादेशिक निर्देशनालय र अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने निर्णय गरिसकेको छ ।

उक्त निर्णय बमोजिम कम्पनीले साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचनाअनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकी प्रदेशमा रुपान्तरण गरेको हो । सो अवसरमा साविक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको शुभारम्भ गरे । नेपाल समाचारपत्र दैनिक