२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ



अ+ अ-

कैलाली। भजनी नगरपालिका-५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने अर्मन चौधरीलाई स्रोत नखुलेको नगद ५ लाख ३१ हजार ४ सय भारतीय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।