१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर आलममाथिको प्रतिबन्ध फुकुवा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने गरी आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरिएको हो ।

नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेको आलमलाई एन्टी करप्सन कोड बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।

सो मुद्दामा जिल्ला अदालत काठमाडौंबाट उनले सफाइ पाइसकेका छन् ।