५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको सुधार केन्द्रमा भएको निर्घात कुटपिटबारे प्रहरीले अनुसन्धान थाल्यो



अ+ अ-

काठमाडौं । रौतहटको गौर नगरपालिका ४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ ।

उक्त सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

ती व्यक्तिलाई तीन जना मिलेर पैतलामा सतो पाइप जस्तो देखिने वस्तुले कुटपिट गरिरहेको भिडिओमा देखिन्छ । ४१ सेकेन्डको भिडिओमा कुट्दा कराएको आवाज नसुनिओस् भनेर गीत बजाएको सुनिन्छ।

उक्त सुधार केन्द्रका सञ्चालक सुरज साह कानूले आफूसँग ब्ल्याकमेल गर्न एक कर्मचारीले भिडिओ बनाएर भाइरल गरेको बताए ।

कुट्ने व्यक्ति सिपु पाण्डे र भिडिओ बनाउने विकास गुप्तालई सात महिना अगाडि नै प्रहरीमा उजुरी दिईसकेको र उनीहरुलाई जागिरबाट निकालिसकेको उनले बताए । यस्तै, कुटिएको व्यक्ति पनि एक महिना मात्रै सुधार केन्द्रमा बसेर गइसकेको उनको भनाई छ ।

उक्त भिडिओबरे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए । त्यसपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।




भर्खरै