२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई जनादेशबाट फेरि प्रधानमन्त्री बनाउनेछौँः विष्णु पौडेल (भिडियो सहित)



file
अ+ अ-

संखुवासभा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताको अभिमतले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउनुपर्ने बताउनुभएको छ । 

सोमबार संखुवासभाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘केपी शर्मा ओलीलाई अदालतको अध्यादेशको आधारमा सत्याच्युत गरिएको छ, सरकारबाट हटाइएको छ । तर, हामी अदालतको परमादेशको आधारमा होइन, हामी जनताको जनादेशको आधारमा फेरि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदमा पुनस्थापित गर्न चाहन्छौँ । र विकासका, निर्माणका, समृद्धिका जतिपनि अभियानहरु रोकिएका छन् तिनलाई गतिशिल ढंगले अघि बढाउन चाहन्छौँ ।' 

यस्तै, उहाँले एमालेको नेतृत्वको सरकारले मात्रै विकासका आयोजनाहरु पूरा गर्न सक्ने जिकिर गर्नुभयो । अरु भागका मानिसहरु संखुवासभामा बसाई सर्न चाहने हिसाबले संखुवासभालाई विकसित गर्न चाहेको उहाँले बताउनुभयो ।