६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ



अ+ अ-

 काठमाडौं। काठमाडौंको पिंगलास्थानबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँभन्दा बढी नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट चार जनालाई आइतबार दिउँसो ४ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे छन् । उनीहरूको साथमा रहेको झोखा खानतलासी गर्दा ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत उनीहरूले खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथमा रहेको झोला जाँच गर्दा कुल ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो ।